परराष्ट्र मन्त्रालयद्वारा आर्थिक कुटनीतिलाई प्राथमिकता दिनेगरी कार्ययोजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साउन २३ , काठमाण्डौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कूटनीतिलाई प्राथमिकता दिनेगरी तत्कालीन कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री महराले सार्वजनिक गर्नुभएको कार्ययोजनामा समृद्ध नेपालका लागि आर्थिक कूटनीतिमा जोड दिने उल्लेख गरिएको छ । परराष्ट्रमन्त्री महराले राष्ट्रिय हितलाई सर्वोपरी राखेर आर्थिक कूटनीतिमा जोड दिने गरी तत्कालीन कार्ययोजना बनाइएको स्पष्ट पार्नुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि वैदेशिक लगानी भित्र्याउने योजना अघि सारिएको दाबी गर्नुभएको छ ।

परराष्ट्रमन्त्री महराले सन्तुलित परराष्ट्र नीतिको मर्म अनुसार छिमेकी लगायतका मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध अझेै विस्तार गरी राष्ट्रिय समृद्धि हासिल गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);