राप्रपाद्वारा सांसद र केन्द्रिय सदस्य गरी १६ जना निस्कासन | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

राप्रपाद्वारा सांसद र केन्द्रिय सदस्य गरी १६ जना निस्कासन

२३ साउन, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका केही सांसद र केन्द्रिय सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको छ । काठमाडौंमा उपलब्ध पार्टीका केन्द्रिय सदस्यहरुको सोमबार बसेको आकस्मिक बैठकले सांसद र केन्द्रिय सदस्य गरी १६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।

६ वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी केही सांसद र केन्द्रिय सदस्यहरुलाई पार्टीबाट निस्कासन गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

आईतबार पशुपति शमशेर राणाले पार्टी छाडेर आफ्नो नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका छन् । पार्टीमा विभाजन आएपछि बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले सांसदहरु दिपक बोहोरा, सुनिल थापा, बिराज भट्ट, राज्यलक्ष्मी श्रेष्ठ, बबिना लावती र रेशम लामालाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।

यसैगरी पार्टीले हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, किरण गिरी लगायतका केन्द्रिय सदस्यहरुलाई पनि पार्टीबाट निष्कासन गरेको छ । बैठकमा निर्वाचनको तयारीमा जुटने बेला पार्टी विभाजन गरेर राणा पक्षले राजनीतिक अपराध गरेको आरोप समेत लगाइएको छ ।

अध्यक्ष कमल थापाले पार्टीको विभाजनबाट नआत्तिन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । केही व्यक्तिलाई मन्त्री बन्ने रहर जागेपछि पार्टी विभाजन गर्ने राजनीतिक अपराध राणाले गरेको नेता सुशीलकुमार श्रेष्ठले आरोप लगाए ।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने-नहुने विषयमा थापा र राणाबीच मतभेद थियो । थापा पक्षले सरकारमा जाने चाहना पूरा नभएपछि राणा पक्षले पार्टी नै विभाजन गरेको आरोप लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनको समग्र पक्षको विश्लेषण गर्न मंगलबार पार्टी केन्द्रीय कार्य समितिको औपचारिक बैठक बोलाएको छ । बैठकमा प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);