युवा तथा खेलकुद मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युवा तथा खेलकुद मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक

काठमाडौं, २३ चैत । युवा तथा खेलकुद मन्त्रालयले सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेको हो ।

जनताप्रति जवाफदेही हुनेगरी काम गर्न सय दिनमा गर्ने प्रमुख कार्यहरु समेटिएको योजना सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको प्रतिवद्धता पूरा गर्न पनि कार्ययोजना सार्वजनिक गर्नु परेको स्पष्ट पारे ।

कार्ययोजनामा काठमाडौं उपत्यका भित्र अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने योजना अघि सारिएको छ । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि गाउँ तहदेखि नै पूर्वाधार निर्माणको कामलाई पनि अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी मूलपानी क्रिकेट मैदान निर्माण कार्य सुरु गर्ने योजना पनि अघि सारिएको छ । मैदान निर्माणका लागि जग्गासम्बन्धि देखिएको विवाद तत्काल समाधान गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

त्यसैगरी दशरथ रंगशाला परिसरमै खेलकुद अस्पतालको निर्माण कार्य सुरु गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । मन्त्रालयले १०० दिन भित्र सबै प्रदेशमा रंगशाला निर्माण कार्य सुरु गर्ने योजना तय गरेको छ ।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद नीतिको आवश्यक परिमार्जन गर्ने, १२ वर्षे खेलकुद गुरु योजनाको मस्यौदा तयार पार्ने, पोखरा, तुलसीपुर र इटहरीलाई खेलकुद सहरको रुपमा विकास गर्नका लागि आवश्यक सम्भावता अध्ययनको काम सम्पन्न गर्ने बताए ।

यसैगरी मन्त्रालयले १३ आैँ दक्षिण एशीयाली खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई दु्रत गतिमा अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ । मन्त्री विश्वकर्माले मन्त्रालयको जिम्मेवारी लिएको जेठ १३ गते १०० दिन हुँदैछ ।

सोही समय भित्र गर्ने प्रमुख कामहरुको योजना शुक्रबार सार्वजनिक गरिएको हो । मन्त्री विश्वकर्माले ती कार्ययोजना अनुसारको कामहरुको प्रगति विवरण जेठ १७ गते सार्वजनिक गर्ने घोषणा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);