डिपीएल : काठमाडौँ प्लेअफमा, विराटनगर ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डिपीएल : काठमाडौँ प्लेअफमा, विराटनगर ५ विकेटले पराजित

dpl-cricket

धनगढी, २३ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्स प्लेअफमा पुग्ने पहिलो टिम भएको छ । काठमाडौं गोल्डेन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै डीपीएलको प्लेअफमा पुगेको हो ।

टस जितेर व्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । १ सय ६५ रनको विजय लक्ष्य पछ्याएर मैदान प्रवेश गरेको काठमाडौंले पुरा ओभरमा १ सय ७० रन बनाउँदै लक्ष्य भेट्टायो ।

काठमाडौँको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले ४० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६८ रन बनाए । उनीसँगै नट आउट रहेका सन्नी पटेलले १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रन बनाए । पुष्प थापाले १७ बलमा २४ भुपेन्द्र थापाले २८ बलमा ३६ र सुबोथ भाटीले १० रन बनाएका थिए। विराटनगरबाट बसन्त रेग्मीले २ तथा कप्तान पारस खड्का, सुभम कामत र मन्जित श्रेष्ठले १÷१ विकेट लिए ।

विराटनगरको व्याटिङ तर्फबाट बाबर हायतले ३३ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६७ रन बनाए। दीलिप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र बसन्त रेग्मीले १०÷१० रन बनाए। काठमाडौं गोल्डेन्सबाट ललित राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै रसिद खानले २ र सुबोथ भाटीले १ विकेट लिए । विराटनगरको चार खेलमा यो दोस्रो हार हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);