रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै टीम चौराह प्लेअफमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै टीम चौराह प्लेअफमा

काठमाडौं, २४ चैत । रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै टीम चौराह धनगढी डिपिएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शनिबार रुपन्देही र धनगढीबीचको खेल वर्षाका कारण प्रभावित बनेपछि ८ ओभरमा घटाइएको थियो ।

८ ओभरमा ७७ रनको लक्ष्य पछ्याएको रुपन्देही ५ विकेटको क्षतिमा ७३ रनमा समेटियो । रुपेन्देहीका लागि सागर पुनले १६ बलमा ३३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यस्तै रुपन्देहीका लागि दिपकप्रसादले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रोहन मुस्ताफाले २ र ललित भण्डारीले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनायो ।

धनगढीका लागि मध्यक्रमका ब्याट्सम्यान सोनु तामाङले १४ बलमा ३४ रन जोडे । त्यस्तै रोहान मुस्ताफाले १३ बलमा १५ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । रुपेन्देहीका सुशन भारीले ३ र दीपेश श्रेष्ठले २ विकेट हात पार्दा सागर पुन र शक्ति गौचनले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।

योसँगै धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने ३ टोलीको टुंगो लागेको छ । लगातार ४ खेलमा विजयी भएको काठमाडौं गोल्डेन्सले क्वालिफायरमा स्थान पक्का गरेको छ ।

यस्तै टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेडले पनि प्लेअफमा स्थान पक्का गरेका छन् । अब विराटनगर किंग्स र सिवाइसी अत्तरिया मध्ये एक टिम प्लेअफमा पुग्नेछ । विराटनगर र अत्तरियाबीचको खेल आइतबार हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);