विराटनगर किङ्स डिपिएल प्लेअफमा पुग्ने सम्भावना बलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विराटनगर किङ्स डिपिएल प्लेअफमा पुग्ने सम्भावना बलियो

लगातार चौथो पटक हारेसँगै रुपन्देही च्यालेन्जर्सको अघिल्लो चरणको सम्भावना समाप्त

कैलाली, २२ चैत । कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार चौंथो पटक पराजित भएको छ । योसँगै रुपन्देहीको प्लेअफ यात्रामा ठूलो धक्का लागेको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा शक्ति गौचन कप्तान रहेको रुपन्देही च्यालेन्जर्सलाई बिनोद भण्डारी कप्तान रहेको महेन्द्रनगर युनाइटेडले ४ विकेटले पराजित गरेको हो । अघिल्ला ३ खेलमा हार ब्यहोर्दै प्ले अफमा पुग्ने सम्भावना कठिन बनाएको रुपन्देहीले यो हारसँगै अघिल्लो चरणको सम्भावना समाप्त गर्यो ।

रुपन्देही च्यालेन्जर्सले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगर युनाइटेडले १८ ओभर ५ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । महेन्द्रनगरका लागि कप्तान बिनोद भण्डारीले अर्धसतक प्रहार गरे । रुपन्देहीका दिपेश श्रेष्ठले ३, सुसान भारीले २ र सागर पुनले १ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । जितसँगै महेन्द्रनगर युनाइटेडको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । आजै भएको पहिलो खेलमा जित निकाल्दै विराटनगर किङ्सले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित गरेको हो । विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी १ सय ९ रनमा समेटियो । धनगढीका लागि शंकर रानाले २५, अस्फाक अहमेदले २२, राजु रिजालले १८, सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन जोडे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);