यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं, १५ असोज । नेपाली युवा टोलीले यु–१९ एसिया कपमा सोमबार लगातार दोस्रो हार व्यहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले दोस्रो खेलमा अफगानिस्तानलाई ३ विकेटको नतिजा सुम्पिएको छ । निरन्तर कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल पहिलो खेलमा भारतसँग पनि ठूलै अन्तरमा पराजित भएको थियो ।

बंगलादेशस्थित क्रिरा शेख प्रतिष्ठानको चार नम्बर ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनायो । जवाफी व्याटिङमा आएको अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबारै अफगानिस्तानले भारतविरुद्ध खेल्नेछ ।

साविक विजेता भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । समान ४ अंक नै जोडेको अफगानिस्तान रनरेटका आधरमा दोस्रो स्थानमा छ । दुई खेलमा कुनै अंक नजोडेको युएई र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);