टी–२० विश्वकप छनोट : कुवेतको जित, नेपाललाई फाइदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टी–२० विश्वकप छनोट : कुवेतको जित, नेपाललाई फाइदा

kuwait vs qatar

काठमाडौं, १० साउन । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा कुवेतले पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा कतारलाई १० रनले पराजित गर्दै कुवेतले पहिलो जित निकालेको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १सय ९८ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १सय ८७ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १सय ९७ रन बनाएको थियो । जितसँगै कुवेतले ३ खेलबाट ३ अंक जोडेको छ । कुवेत दोस्रो स्थानमा छ ।

कुवेतको यो जितले नेपाललाई भने फाइदा पुगेको छ । नेपालले शनिवार कुवेतसंग खेल्नेछ ।  कतारको यो दोस्रो हार हो । कतारले ३ खेलमा २ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);