महिला टी-२० : नेपालद्वारा कुबेत ३० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महिला टी-२० : नेपालद्वारा कुबेत ३० रनले पराजित

काठमाडौं, १५ फागुन । थाईल्याण्डमा जारी आईसीसी टी–२० महिला विश्वकपको एसियाली छनोट क्रिकेटमा नेपालले पाँचौ जित निकालेको छ ।

बुधवार भएको खेलमा नेपालले कुबेतलाई ३० रनले हराउँदै पाँचौ जित निकालेको हो । खेलमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक गरेकी थिइन् । ७ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ ।

एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ । तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ । बैँककस्थित एआइटिजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । जवाफमा कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);