इंग्लिस प्रिमियर लिग: एभर्टनद्वारा कार्डिफ सिटी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग: एभर्टनद्वारा कार्डिफ सिटी पराजित

GAME

काठमाडौं, १५ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीमाथि सहज जीत हात पारेको छ ।

उसैको मैदानमा कार्डिफ सिटीलाई एभर्टनले ३–० गोल अन्तरले पराजित गरेको हो । एभर्टनको जीतमा गिल्फी सिगुर्डसनले दुई र कलभर्ट लेविनले एक गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको थियो । खेलको ४१ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

खेलको ६६औं मिनेटमा सिगुर्डसनले नै दोस्रो गोल गर्दै एभर्टनलाई २–० गोलको अग्रतामा पु¥याएका थिए । अतिरिक्त समयमा लेविनले गोल गर्दै एभर्टनलाई कार्डिफ सिटीमाथि ३–० गोलको जित दिलाए । त्यस्तै अर्को खेलमा लेष्टर सिटीले ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको छ भने न्युक्यासलले बर्नेलीलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);