इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको तेस्रो खेल रद्द | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको तेस्रो खेल रद्द

england and west indies

एजेन्सी , १४ फागुन । इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको तेस्रो खेल वर्षाको कारण रद्द भएको छ । ग्रिनेडास्थित नेशनल क्रिकेट स्टेडियममा भएको क्रिकेट सिरिजअन्तर्गत हुने भनिएको तेस्रो खेल सुरु हुनुभन्दा अगाडि पानी परेपछि खेल रद्द भएको हो ।

घरेलु टोली वेष्ट इन्डिजविरुद्ध टस जितेर इंग्ल्यान्डले फिल्डिङ रोजेको थियो । तर खेल सुरु हुनुभन्दा केही मिनेटअघि भारी वर्षा भएपछि खेल स्थगित भएको हो । वेष्ट इन्डिज र इंग्ल्यान्डले यसअघि भएका खेलमा समान १ –१ मा जित हात पारेका छन् ।

पहिलो एकदिवसीय खेलमा इंग्ल्यान्डले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने इंग्ल्यान्डलाई वेष्ट इन्डिजले २६ रनले पराजित गरेको थियो । अब वेष्ट इन्डिज र इंग्ल्यान्डबीचको तेस्रो खेल फेव्रुअरी २७ तारिखमा हुँनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);