प्रिमियर लिगमा आज को-को भिड्दै ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रिमियर लिगमा आज को-को भिड्दै ?

एजेन्सी, १७ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राती विभिन्न चार खेल हुँदैछन् । प्रिमियर लिगमा आज चेल्सी, लेष्टर सिटी, आर्सनल र एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

शीर्ष चारमा रहेको चेल्सीले वेष्ट ह्याम युनाइटेडसँग खेल्दैछ । वेष्ट ह्यामको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ । वेष्ट ह्यामको मैदानमा चेल्सी जित निकाल्दै आफ्नो स्थान बलियो बनाउने योजनामा छ । अघिल्लो खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएको थियो । वेष्ट ह्यामलाई पराजित गरे र लेष्टर सिटी पराजित वा बराबरीमा रोकिएमा चेल्सी तेस्रो स्थानमा समेत उक्लने छ । चेल्सीले ३१ खेलमा ५४ अंक जोडेको छ ।

तेस्रो स्थानको लेष्टरको ५५ अंक रहेको छ ।लेष्टरले बुधबार नै एभर्टनसँग खेल्नेछ । लेष्टरले जित निकालेमा चेल्सी चौंथो स्थानमै रहनेछ ।२७ अंक जोडेको वेष्ट ह्याम १७ औं स्थानमा रहेको छ । लिग अन्तर्गत नै आज आर्सनलले नर्विच सिटीसँग खेल्नेछ । खेल आर्सनलले घरेलु मैदानमा नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा आर्सनल जित निकाल्दै अंक तालिका सुधार गर्ने दाउमा छ । लिगको दशौँ स्थानको आर्सनलले ४३ अंक जोडेको छ । २१ अंक जोडेको नर्विच पुछारमा रहेको छ ।आजनै बर्नेमाउथले न्युकासलसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);