इङ्गलिस प्रिमियर लिग: म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरको बराबरी, आइतबार चेल्सी र लेष्टर सिटी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इङ्गलिस प्रिमियर लिग: म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरको बराबरी, आइतबार चेल्सी र लेष्टर सिटी भिड्दै

manchester-city-vs-tottenham

एजेन्सी, १ भदौ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् ।

शनिबार राती सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीका राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरेका थिए । पाहुना टोली टोटनह्यामका एरिक लामेला र लुकास मौराले दुई गोल फर्काएका थिए । सिटीका ग्याब्रिएल जिससले इन्जुरी समयमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाईड प्रमाणित गरेपछि खेल २–२ गोलको बराबरीमै सकिएको हो । प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा आर्सनलले बर्न्लेलाई २–१ ले हराउँदा लिभरपुलले साउथह्यानम्पटनमाथि २–१ कै जित निकाल्यो ।

यसैगरी एभर्टनले वाट्फोर्डलाई १–० ले पराजित गर्दा नरिच सिटीले न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो । यस्तै बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेड र ब्राइटनले १–१ गोलको बराबरी खेले । प्रिमियर लिग फुटबलमा आइतवार दुई खेल हुनेछन् । आइतबार चेल्सी र लेष्टर सिटी भिड्दा सेफिल्ड युनाईटेडले क्रिष्टल प्यालेससँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);