प्रिमियर लिग फुटबलमा लिभरपुलको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रिमियर लिग फुटबलमा लिभरपुलको जित

एजेन्सी, १६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्यामलाई ३–१ गोल अन्तरले हराएको छ । टोटनह्यामको मैदानमा आज बिहान सम्पन्न खेलमा लिभरपुलले ३–१ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको हो ।

पछिल्ला ५ खेलमा जित बिहीन रहेको साबिक विजेता लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे ।टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । जितसंगै लिभरपुलले २० खेलमा ३७ अंक जोडेर लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

१९ खेलमा खेलमा ३३ अंकसंगै टोटनह्याम जोडेर छैटौं स्थानमा रहेको छ । १९ खेलमा ४१ अंकसंगै म्यान्चेस्टर सिटी पहिलो, २० खेलमा ४० अंकसंगै म्यान्चेस्टर युनाइटेड दोस्रो तथा ३९ अंकबाट लेस्टर तेस्रो स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);