लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हरायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हरायाे

एजेन्सी,८ मंसिर। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरबाट हराएको हो ।

लिभरपुलका लागि डिएगो जोटा र रोबर्टाे फिर्मिनोले १–१ गोल गरे भने जोन्नी इभान्सले आत्मघाती गोल गरे । जितपछि ९ खेलमा २० अंकसंगै लिभरपुल लिग तालीकाको दोस्रो स्थानमा पुगेको छ ।

९ खेलमा २० अंक नै जोडेको टोटानह्याम गोल अन्तरको आधारमा पहिलो स्थानमा छ । अर्काे खेलमा आर्सनल लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै आर्सनल १३ अंकसंगै तालिकाको ११ औं स्थानमा रहेको छ लिड्स ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);