एटिपी फाइनल्सको उपाधि रुसका डानिल मेदभेदेबलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एटिपी फाइनल्सको उपाधि रुसका डानिल मेदभेदेबलाई

एजेन्सी, ८ मंसिर । यस वर्षको एटिपी फाइनल्स टेनिस प्रतियोगिताको उपाधि रुसका डानिल मेदभेदेबले जितेका छन् । इंग्ल्याण्डको लण्डनमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउँदै मेदभेदेबले व्यवसायीक जिवनमै अलिहेसम्मकै ठूलो उपाधि हात पारेका हुन् ।

सिजनको अन्तिम टेनिस प्रतियोगिताको फाइनल खेलको पहिलो सेट थिएमले ६–४ ले जिते । तर दोस्रो र तेस्रो सेट क्रमशः ७–६ र ६–४ ले जित्दै मेदभेदेबले उपाधि पक्का गरे ।

एटिपी फाइनल्समा स्तरिय र प्रदर्शन गरेका मेदभेदेबले फाइनलअघि शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रफाल नदाललाई हराएका थिए । लण्डनमा एटिपी फाईनल्स आयोजना भएको यो अन्तिम पटक हो । अर्को वर्षदेखि यो प्रतियोगिता इटालीको टुरिनमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);