रुसका डानिल मेदबेदेभ ‘एटिपि फाईनल्स’को फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

रुसका डानिल मेदबेदेभ ‘एटिपि फाईनल्स’को फाईनलमा प्रवेश

एजेन्सी,७ मंसिर। रुसका डानिल मेदबेदेभ ‘एटिपि फाईनल्स’को फाईनलमा प्रवेश गरेका छन् । बेलायतको लण्डनमा जारी वर्षको अन्तिम टेनिस प्रतियोगिताको सेमिफाईनलमा स्पेनका राफाल नाडाललाई २–१ को सेटमा मेदबेदेभले फाएनलमा पुगेका हुन् ।

नादल विरुद्धको पहिलो सेट ३–६ ले गुमाएका मेदबेदेभले यसपछिका दुई सेट ७–६ र ६–३ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।

मेदबेदेभले अब उपाधिका लागि अष्ट्रियामा डोमिनिक थिएमसँग खेल्नेछन् । सेमिफाईनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई ७–५, ६–७ र ७–६ ले हराउँदै थिएम फाईनलमा पुगेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);