बार्सिलोनालाई हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस सुपरकपको फाईनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

बार्सिलोनालाई हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस सुपरकपको फाईनलमा

atletico-madrid

एजेन्सी, २५ पुस ।  बार्सिलोनालाई हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश, एट्लेटिकोद्वारा बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित ।

बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो । एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाए । ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एथलेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए ।

लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए । एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे । खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गरेको गोलसंगै एट्लेटिको म्याड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको हो ।

एट्लेटिकोले अब उपाधिका लागि शहरी प्रतिद्धन्दी रियल म्याड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरेको थियो ।