पूर्वक्लबविरुद्ध स्वारेजको गोल, बार्सिलोना पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्वक्लबविरुद्ध स्वारेजको गोल, बार्सिलोना पराजित

काठमाडौं । पूर्वक्लबविरुद्ध  लुइस स्वारेजले गोल गर्दा स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।  एट्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाउन थोमस लेमार र लुइस स्वारेजले १/१ गोल गरे ।

खेलको २३औँ मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई १-० गोल अन्तरको अग्रता दिलाए । ४४औँ मिनेटमा स्वारेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने ७ खेलबाट १२ अंक जोडेर दशौँ स्थानमा छ । स्पेनिस लिगमा काडिज र भ्यालेन्सियाले गोलरहीत बराबरी खेले भने लेभान्तेले मालोर्कालाई १-० गोल अन्तरले पराजित गरेकाे छ । ओसासुनाले रायो भालेकानोलाई १-० गोल अन्तरले पराजित गरेकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);