त्रिभुवन आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

त्रिभुवन आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

army a division

काठमाडौं २४ पुस । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा सरस्वती क्लबलाई १–० गोल अन्तरबाट हराएर त्रिभुवन आर्मी शीर्ष स्थानमा उक्लिएको हो । जर्ज प्रिन्स कार्किले खेलको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।

यो जितपछि ५ खेलमा १२ अंक जोडेर त्रिभुवन आर्मी लिग तालिकाको पहिलो स्थानमा पुगेको छ । ५ खेलमा ११ अंकसंगै मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ । सरस्वतीको भने यो लगातार पाचौं हार हो ।

बिहीबार नै संकटा क्लबले दोस्रो जित दर्ता गरेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले जारी लिगमा दोस्रो जित निकालेको हो । संकटाका अजयी मार्टिनले दुई तथा लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);