त्रिभुवन आर्मीलाई १-० ले पराजित गर्दै मनाङकाे लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

त्रिभुवन आर्मीलाई १-० ले पराजित गर्दै मनाङकाे लगातार दोस्रो जित

काठमाडाैं, ७ पुस । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो जित निकालेको हो । मनाङको जितमा दयानन्द सिंहले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा ६ अंक जोडेको छ । मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय क्लब एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);