ए डिभिजन लिग : पहिलो खेलमा मनाङ मर्स्याङ्दी र दोस्रो खेलमा आर्मी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

ए डिभिजन लिग : पहिलो खेलमा मनाङ मर्स्याङ्दी र दोस्रो खेलमा आर्मी विजयी

काठमाडौं, १ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एनआरटीलाई २–० गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।

शनिबारबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २–० को जित निकालेको हो । मनाङले दुवै गोल पहिलो हाफमै गरेको थियो ।

एपीएफ मैदान हलचोकमा भएको खेलमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

यसैगरी ३७औँ मिनेटमा मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसकेपछि मनाङले तीन अंक जोड्न सफल भयो । पहिलो खेलमा पनि जित निकालेको मनाङले तालिकामा ६ अंक जोडेको छ ।

यस्तै शनिबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको छ । जितसँगै आर्मीले लिगमा पहिलो जित दर्ता गरेको छ । आर्मीको २ खेलमा ४ अंक छ भन,े च्यासलको २ खेलमा १ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);