शहिद स्मारक ए डिभिजन लिग फुटबल: दुई खेल हुदै, पहिलो नेपाल पुलिस क्लब र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शहिद स्मारक ए डिभिजन लिग फुटबल: दुई खेल हुदै, पहिलो नेपाल पुलिस क्लब र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दै

Football

काठमाडौं, २ मंसिर । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज हुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल ११ बजेदेखि सुरु हुनेछ । यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो पहिलो खेलमा नै फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थ्रीस्टार आजको खेलमा पनि स्पष्ट जितको खोजिमा हुनेछ । यता, ब्रिगेड ब्वाइज पनि थ्रीस्टारसँग अंक खोस्ने लक्ष्यमा रहेको छ । खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);