ए डिभिजन लिग : पुलिस र मछिन्द्र गोलरहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ए डिभिजन लिग : पुलिस र मछिन्द्र गोलरहित बराबरीमा

machhindra-police

काठमाडौं, २ मंसिर । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा विभागिए टिम नेपाल पुलिस क्लव मच्छिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आक्रामक फुटबल खेलेको पुलिसले मछिन्द्र विरुद्ध गोल गर्न सकेन । पहिलो हाफमा पुलिसले तीन वटा राम्रो मौका पाएपनि मच्छिन्द्रका गोलकिपर दीप कार्की बाधक बने ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि पुलिसले आफ्ना आक्रमक रणनितीलाई कायमै राखेको थियो तर पनि उसका हरप्रयासलाई मच्छिन्द्रले विफल पार्यो ।

एकपटक दिनेश राजवंशीको प्रहार पोष्ट माथिबाट बाहिरीयो । ८३ औं मिनेटमा मच्छिन्द्रको प्रहारलाई पुलिसका गोलकिपरले बचाए ।

जारी प्रतियोगितामा पुलिसको पहिलो बराबरी हो भने मच्छिन्द्रको दोस्रो बराबरी हो । बराबरीपछि पुलिसको दुई खेलबाट चार अंक भएको छ भने मच्छिन्द्रको दुई खेलबाट दुई अंक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);