यूइएफए नेशन्स लिग: पोर्चुगल फाइनल चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यूइएफए नेशन्स लिग: पोर्चुगल फाइनल चरणमा प्रवेश

uefa

काठमाडौं, २ मंसिर । पोर्चुगल यूईएफए नेशन्स लिगको फाइनल चरणमा प्रवेश गरेको छ ।

आइतवार बिहान भएको खेलमा इटालीसँग गोलरहित बराबरी खेले पनि समूह विजेता हुँदै पोुर्चगलले सेमिफाइनलमा स्थान बनाएको हो । लिग ए को समूह तीनमा रहेको पोर्चुगल एक खेल अगावै अर्को चरणका लागि छनोट भएको हो ।

मिलानस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा पोर्चुगलबिरुद्ध इटलीले अघिकांश समय बल नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन । समूहमा पोर्चुगलको तीन खेलबाट ७ अंक छ भने इटलीको ४ खेलबाट ५ अंक छ ।

uefa

३ खेलबाट १ अंक जोडेको पोल्याण्ड लिग ए बाट रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । समूहको अन्तिम खेलमा पोर्चुगल र पोल्याण्ड आमने सामने हुँदैछन् । नेशन्स लिगको लिग ए मा चार समूह छन् । समूहको विजेता टोली फाइनल चरणमा प्रवेश गर्नेछन् ।

चार टोलीबीच सेमिफाइनल र फाइनल खेल हुनेछ ।सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२० को युरोकपमा प्लेअफ खेल्न पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);