युरोपेली नेसन्स लिग फुटबलमा आज साविक विजेता पोर्चुगल र फ्रान्स भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युरोपेली नेसन्स लिग फुटबलमा आज साविक विजेता पोर्चुगल र फ्रान्स भिड्दै

football

एजेन्सी, २९ कार्तिक । युरोपियन फुटबल एसोसिएसन यूईएफए नेसन्स लिग फुटबलमा आज साविक विजेता पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । लिग ’ए’ समूह ३ मा रहेको पोर्चुगलले फ्रान्ससँग घरेलु मैदानमा खेल्नेछ । पोर्चुगल र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ ।

पोर्चुगल घरेलु मैदानमा फ्रान्सलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने दाउमा छ । पोर्चुगल ४ खेलमा ३ जितसहित १० अंकबाट समूहको शीर्ष स्थानमा रहेको छ । पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई, दोस्रो खेलमा स्विडेनलाई हराएको थियो भने तेस्रो खेलमा फ्रान्ससँग बराबरीमा रोकिएको थियो ।

चौंथो खेलमा पोर्चुगलले स्विडेनलाई हराएको थियो । विश्वकप विजेता फ्रान्सले पहिलो खेलमा स्विडेनलाई दोस्रो खेलमा क्रोएसियालाई हराएको थियो । तेस्रो खेलमा पोर्चुगलसँग बराबरी खेलको फ्रान्सले चौंथो खेलमा क्रोएसियालाई हराएको थियो ।

दुवै टोली पाँचौं खेलमा जित हात पारेर समूहको शीर्ष स्थानमा उक्लन चाहन्छन् । दोस्रो स्थानमा रहेको फ्रान्सले ४ खेलमा १० अंक जोडेको छ । यहिसमूहको अर्को खेलमा स्विडेन र क्रोएसिया भिड्ने छन् । ४ खेलमा ३ अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा रहेको छ । चार खेलमा ४ हार व्यहोरेको स्विडेन पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);