नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड, पोर्चुगल र फ्रान्सको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड, पोर्चुगल र फ्रान्सको विजयी सुरुवात

एजेन्सी,२१ भदाै । युरोपियन फुटबल एसोशिएसन यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।आइसल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो।

आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे । दुबै टिम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् ।

आयरल्याण्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसमा स्टर्लिङले गोल गरे । यसैगरी अर्काे खेलमा साविक विजेता पोर्चुगलले क्रोएशियालाई ४–१ गोल अन्तरबाट हरायो भने फ्रान्सले स्वीडेनलाई १–० गोल अन्तरले तथा बेल्जीयमले डेनमार्कलाई २–० गोल अन्तरले हराएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);