प्रथम राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप नुवाकोट जिल्लाको टिमलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रथम राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप नुवाकोट जिल्लाको टिमलाई

काठमाडौं, २० भदौ । नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको अनुमतिमा भदौ १० गते बाट १५ गते सम्म आयोजना गरिएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप-२०७७ नुवाकोट जिल्लाको टिम प्रथम भएको छ । विजेता खेलाडीहरु समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङ भएका छन् ।

दोश्रो स्थान दाङ जिल्लाका चेतन वलि र गोपाल बि.के. र तेस्रो स्थान कास्की जिल्लाका कृतिका गिरि र अन्जना परियार भएका छन् । स्वर्ण पदक प्राप्त गर्ने विजेता खेलाडीहरुलाई नगद रु. दश हजार, रजत पदक प्राप्त गर्ने लाई नगद रु. सात हजार ५ सय र कास्य पदक प्राप्त गर्नेलाई नगद रु. पाँच हजार प्राप्त गर्नेछन्। त्यस्तै सम्पूर्ण विजेता खेलाडीहरुले प्रमाणपत्र र मेडल पनि प्राप्त गर्ने नुवाकोट जिल्ला मार्शलआर्ट्स हाप्किडो संघका अध्यक्ष मनोज गुरुङले बताउनुभयो ।

प्रतियोगितामा सात प्रदेशका विभिन्न जिल्ला हाप्किडो संघ मध्ये ३० जिल्लाका विभिन्न क्लब, स्कुल, डोजाङबाट ८० टिमको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धी खेलाडीहरुको भिडियोलाई निष्पक्ष ढङ्गले निर्णयक, रेफ्री, जजको जिम्मेवारी टेक्निकल कमिटीका प्रमुख तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रिय प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, केन्द्रिय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर र केन्द्रिय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले निर्णय गर्नुभएको थियो ।

प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप -२०७७ को लागि पुरस्कार प्रायोजन हेल्थ एन्ड एजुकेशन नेपालका अध्यक्ष, राजनितिज्ञ तथा समाजसेवी जगत बहादुर लामाले गर्नुभएको थियो ।

विश्व यति बेला कोरोना भाइरस कोभिड-१९ को कारण ग्रसित भैरहेको समयमा यस्तो संक्रमणकालीन अवस्थामा खेलकुद क्षेत्रमा पनि असर देखिएको छ । अहिले विश्वभर अनलाईन भिडियो मार्फत खेलकुद गतिविधि, प्रशिक्षण, प्रतियोगिता, सेमिनार गर्दै आइरहेका छन् । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सम्पुर्ण खेलकुद तथा खेलाडीहरुलाई असर पारिरहेको देखिन्छ ।

तसर्थ यी समस्याबाट खेलकुद गतिविधि, प्रशिक्षण, तथा प्रतियोगीताबाट वन्चित नहोस् भन्ने उद्देश्यका साथ खेलाडीहरुको, भौतिक, शारीरिक, मानसिकरुपमा कला, कौशल लाई उजागर गर्ने उदेश्यकोसाथ नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्रदेश संघ र जिल्ला संघले अहिले अनलाईन भिडियो मार्फत खेलकुद गतिविधि, प्रशिक्षण, प्रतियोगिता सेमिनार गर्दै आइरहेका छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा काठमान्डौंमा सन् २०२२ मा अगस्त २६,२७ र २८ मा हाप्किडो वर्ल्डच्याम्पियनसिप तथा हाप्किडो वर्ल्ड क्लास सेमिनारको आयोजना गर्नका लागी तयारीमा पनि जुटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);