व्यवसायिक खेल बिकासका लागि राज्यको ध्यान पुगेन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

व्यवसायिक खेल बिकासका लागि राज्यको ध्यान पुगेन

काठमाडौं, २० भदौ । राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन । नेपाल भलिबल संघले आफ्नो पूर्वाधार निर्माणका लागि जग्गा खोजिरहेको बताए पनि अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय स्तरको भलिबल खेलको ओझ झुकिरहेको छ ।

पुष्पकमल दाहाल सरकारको नेतृत्वमा भएका धेरै निर्णय मध्ये २०७४ जेठ ८ मा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय पनि एक हो । नेपाल भलिबल संघको लामो कसरत र पछिल्लो समय देशमा देखिएको लोकप्रियताले भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भइसकेको छ ।

भलिबलले राष्ट्रिय खेलको मान्यता पाए पनि अहिले सम्म बामे सर्ने बाहेक केही उपलब्धी देखिएको छैन । भलिबल खेलका लागि अन्तर्राष्ट्रिय स्तरको आफ्नै सुविधा सम्पन्न खेल मैदान आवश्यक छ । तर नेपाल भलिबल संघले अहिले सम्म जग्गा खोज्ने बाहेक केही काम गर्न सकेको छैन । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जग्गा खोज्ने काम भइरहेको बताउनु भएको छ ।

भलिबल खेलमा नेपाली महिला टोलीको प्रदर्शनले निकै चर्चा पाएको पनि छ । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा महिला भलिबलले रजत पदक जित्दै उत्कृष्टताको संकेत दिइसकेको छ । तर, महिलाको तुलनामा पुरुष टोलीको प्रदर्शन भने स्मरणयोग्य बनेन ।

त्यसको कारण नेपालको तयारी फितलो देखियो ।अन्य देशले भलिबलमा उल्लेख्य प्रगाति गरे । तयारी फितलो देखिनुको कारण भलिबलका लागि सामान्य पूर्वाधारमा खेल्नुपर्ने बाध्यता पनि हो । साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै आएको महिला टोलीलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पूर्वाधार अपुग छ ।

सरकारले राष्ट्रिय खेल घोषणा गरे पनि भलिबललाई सोही नजरमा नहेरेको पक्कै हो । बारम्बार नेपाल भलिबल संघले छुट्टै भलिबल कोर्ट बनाउनका लागि पहल गरे पनि अहिले सम्म स्थल अभावमा भौतारिनु परेको छ । उज्वल भविष्य देखिएको भलिबल खेलको पूर्वाधार विकास र प्रशिक्षणलाई सरकारले समयमा ध्यान दिन सके नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रै स्थान ओगट्न सक्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);