अमेरिका–इरान शान्ति प्रक्रियाः इस्लामावाद समझदारी कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

अमेरिका–इरान शान्ति प्रक्रियाः इस्लामावाद समझदारी कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावाद समझदारी पत्र (एमओयू) कार्यान्वयनका विषयमा आयोजना हुने उच्चस्तरीय वार्तामा सहभागी हुन आईतवार स्विट्जरल्याण्डको जुरिच आइपुग्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डको बुर्गेनस्टोकमा आयोजना हुने विशेष बैठकमा भाग लिनुहुनेछ । सो उच्चस्तरीय वार्तामा प्रधानमन्त्रीका साथ पाकिस्तानी रक्षा बलका प्रमुख (सिडिएफ) फिल्ड मार्शल सैयद असिम मुनिरको पनि सहभागिता रहनेछ । आईतवार हुने उक्त बैठक मुख्यतया इस्लामावाद समझदारीको कार्यान्वयनमा केन्द्रित रहने बताइएको छ । संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति प्रक्रियालाई अगाडि बढाउने र आपसी सम्बन्धमा सुधार ल्याउने उद्देश्यले उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । प्रधानमन्त्रीको यो भ्रमणलाई सोही शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार