खुला डवल ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम  | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

खुला डवल ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम 

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल ब्याडमिन्टन प्रतियोगितामा दोर्पा स्पोर्टस् क्लबका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो । बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगितामा सोल्मा स्पोर्टस् क्लबका प्रकाश राई र पवन राईको जोडी दोस्रो तथा ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रवीण मुग्रातीको जोडीले तेस्रो प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोस्रो स्थान प्राप्त गर्ने टिमले ३५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टिमले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एवं गाउँपालिकाका सूचना प्रविधि अधिकृत संगम खतिवडाले बताए । विजेता टिमलाई गाउँपालिका अध्यक्ष समीर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

संविधान दिवसको अवसरमा गाउँपालिकाले अफिस ब्याडमिन्टन कभर्डहल उद्घाटनका साथमा खुला डवल ब्याडमिन्टन प्रतियोगितामा आयोजना गरेको हो । प्रतियोगितामा २५ टिमको प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);