बिर्तामोडमा प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिता शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिर्तामोडमा प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिता शुरु

झापा, २४ फागुन । झापाको बिर्तामोडमा शनिवारदेखि जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिता २०७६ शुरु भएको छ ।

‘स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने नारा सहित शुरु भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रमा खुल्ला डबल र खुल्ला भेट्रानमा २४ टिमले प्रतिष्पर्धा गरेका थिए ।

आइतवार क्वाटर र सेमी फाइनलका खेल हुने बताइएको छ । व्याडमिन्टन खेलाडी उत्पादन गर्ने, युवालाई दुर्व्यसनीबाट मुक्त राख्ने, व्याडमिन्टन खेलको प्रचारप्रसार गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

यही फागुन २६ गते समापन हुने प्रतियोगिता बिर्ता व्याडमिटन क्लबको कवडहलमा भइरहेको छ । प्रतियोगितामा खुल्ला डवलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);