प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ गतेदेखि

PRADHANMANTRI CUP

काठमाडौं, २२ बैशाख । जेठ १ गतेदेखि राजधानीमा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता जेठ १ गतेदेखि २४ गतेसम्म संचालन हुने जानकारी दिइएको हो ।

५० ओभरको हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरेर लिगका खेलहरु आयोजना हुने जनाइएको छ । प्रतियोगितामा लिगका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेता टिमले २० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पानेछन भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछन ।

प्रतियोगिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद र नेपालय इन्टरनेशनलबीच संझौता समेत भएको छ । प्रतियोगिताको सम्पूर्ण ब्यवस्थापन नेपालयले गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);