प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट जेठ १३ बाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट जेठ १३ बाट

pm cup

काठमाडौं, २७ बैशाख । आगामी जेठ १३ गतेबाट प्रधानमन्त्री कप अन्तरप्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रधानमन्त्री कप अन्तरप्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आगामी जेष्ठ १३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ग्रुप डिभिजन अनुसार सञ्चालन हुनेछ । प्रतियोगितामा समुह ए मा नेपाल आर्मी, शसस्त्र प्रहरी र प्रदेश १, २ र ४ हुनेछन् भने समुह बीमा नेपाल पुलिस, प्रदेश ३, ५, ६ र ७ रहनेछन् । समुह चरणको खेलमा बिजेता र उपबिजेता हुने टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालय इन्टरनेशनलले व्यवस्थापन गर्ने प्रतियोगितामा प्रथम हुने टोलीले २० लाख नगदसहित ट्रफि प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले १० लाख नगद प्राप्त गर्नेछन् । म्यान अफ दि सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार प्राप्त गर्नेछन् । यस्तै उदयीमान खेलाडीले १५ हजार र प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि १ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिने राखेपले जनाएको छ । ५० ओभरको सो प्रतियोगिता किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीको माथिल्लो मैदानमा सञ्चालन हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);