एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ देखि सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ देखि सञ्चालन

Cricket

काठमाडौं, ४ जेठ । राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजना हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितालाई अस्ट्रेलियन एक्सेल्सिया कलेजले टाइटल प्रायोजन गर्ने भएको छ ।

प्रधानमन्त्रीकप अन्तर प्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ देखि सञ्चालन हुनेछ । प्रतियोगिताको व्यवस्थापकिय टिम नेपालयले पत्रकार सम्मेलन गरी अष्ट्रेलियन एक्सेल्सिया कलेजसँग प्रायोजन सम्झौता गरिएको जानकारी गराएको हो ।

सम्झौता रकम भने खुलाइएको छैन । साथै नेपाल लिकर र सिग्नेचरले पनि सहयोग गर्नेछन् । प्रतियोगिता त्रिवी मैदान र मुलपानी मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा ७ प्रदेश र विभागीय टिमका गरि १० टिम सहभागि रहने छन् ।

१० टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा आर्मी, शसस्त्र प्रहरी, प्रदेश १, २ र ४ रहनेछन् भने समुह बीमा नेपाल आर्मी, प्रदेश नं ३, ५, ६ र ७ रहनेछन् । समुहका बिजेता र उपबिजेता सेमीफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको बिजेताले २० लाख रुपैयाँ, उपबिजेताले १० लाख पाउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);