प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता असार ४ गते देखि हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता असार ४ गते देखि हुने

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट

प्रतियोगितामा सातै प्रदेश र एक बिभागीय गरी ८ टीमको सहभागिता रहने

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगित आगामी असार ४ गतेदेखि हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको ब्यवस्थापनमा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता असार ११ गतेसम्म कञ्चनपुरको महेन्द्रनगर स्थित खेल मैदानमा हुनेछ । यसअघि जेठ २८ गतेदेखि नै प्रतियोगिता सुरु गर्ने भनिएपनि प्राविधिक कारणले मिती केही पर सरेको जनाइएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिम र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ गरी कूल ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ५ लाख र ट्रफी हात पार्नेछ। यस्तै उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);