एसियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एसियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने

२८ जेठ काठमाडौं । एसियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।

एसियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने

२८ जेठ काठमाडौं । एसियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्डिगढ पञ्जाबले असार ५ गतेदेखि प्रतियोगिता गर्ने बताएको हो । यो प्रतियोगिता दुबईमा हुने तय भएको थियो तर, अन्तिम क्षणमा नेपालमा सारिएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । जसमा तिलकरत्ने दिल्सान कप्तान रहेको इण्डियन स्टार, परवेज महारुफ कप्तान रहेको लंकन लायन, अलअमिन हुसेन कप्तान रहेको बंगलादेश टाइगर, साब्निल पाटिलको कप्तानीमा नेपाल स्ट्रोम, अब्दुल सकुरको दुबई बारियर्स र रानानविद उल हसनको कप्तानीमा अफगान बुल्स रहेका छन् । खेलाडी किनबेचका लागि सोमबार अक्सन हुनेछ ।

अक्सनमा १ सय ८ खेलाडी छन, जसमध्ये ९० छानिनेछन् । अक्सनमा रहेका खेलाडीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक टोलीमा दुई जना यू–१९ र दुई जना अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी अनिवार्य गरिएको छ । प्रतियोगिताको बिजेताले २५ लाख भारु पाउनेछन् भने उपबिजेताले १० लाख र तेस्रो हुने टोलीले ५ लाख भारु पाउनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);