प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई बराबरी

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाले अवरुद्ध भएपछि त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई बराबरी

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाले अवरुद्ध भएपछि त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको फाइनल खेलमा पुलिसले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछि खेलले निरन्तरता पाउन नसकेपछि दुई विभागीय टोलीले उपाधि बाँडेका हुन् । उपाधिसँगै आर्मी र पुलिसले पुरस्कार रकम पनि बराबर बाँडेका छन् । प्रतियोगिताको उपाधि बिजेताले २० र उपबिजेताले १० लाख पुरस्कार निर्धारण गरिएकोमा संयुक्त बिजेता आर्मी र पुलिसले १५ लाखका दरले पुरस्कार रकम पाएका छन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २६ रनको कमजोर योगफल बनाएको थियो । पुलिसका लागि ओपनर सुनील धमलाले बनाएको ३२ रन नै सर्बाधिक ब्यक्तिगत स्कोर हो । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै सुशान भारीले ३ र सागर पुनले २ विकेट लिए । सोमपाल कामीले पनि १ विकेट लिए । झिनो लक्ष्य पछ्याउने क्रममा वर्षा बाधक बनेपछि आर्मीले घाटा महशुस गरेको छ भने पुलिसले राहत पाएको छ । आर्मी प्रतियोगिताको एकमात्र अपराजित टोली हो । गत जेठ ९ गतेबाट सुरु भएको प्रतियोगितामा साविकका पाँच बिकाश क्षेत्र र तीन बिभागीय टोलीको सहभागिता थियो । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);