उपाधि नजिक आर्मी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपाधि नजिक आर्मी

१४, जेठ, काठमाडौं । आर्मी क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उपाधि नजिक आर्मी

१४, जेठ, काठमाडौं । आर्मी क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार समुह चरणको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै आर्मी समूह बि को विजेता बनेको हो । कीर्तिपुरस्थित टियु मैदानमा पुलिसले दिएको ११० रनको लक्ष्य आर्मीले ३० ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

जितसँगै समूह बि मा अपराजित बन्दै समुह बिजेता बनेको आर्मीले ६ अंक जोडेको छ । यस समुहबाट पुलिस समुह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आर्मीसंग मात्र पराजित पुलिसले ४ अंक जोड्यो । समूह बि बाट पुर्वान्चल र सुदूरपश्चिमान्चल लिग चरणबाटै बाहिरियो ।

प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिगमा जित्ने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);