त्रिभुवन आर्मी आरबीबी एनभीए पुरुष भलिवलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

त्रिभुवन आर्मी आरबीबी एनभीए पुरुष भलिवलको सेमिफाइनलमा

आर्मीद्वारा मणिमुकुन्द क्लब ३–० को सेटमा पराजित

काठमाडौं, ८ माघ । साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा बुधबार मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीले सेमिफाइनलमा शसस्त्रको एपीएफ क्लबसँग खेल्नेछ ।

एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३–० को सेटमा हराएर सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । यसैगरी नेपाल पुलिस क्लब पनि सेमीफाइनलमा पुगेको छ ।

बुधबार नै नयाँबजार क्लबलाई ३–० को सोझो सेटमा हराएर पुलिसले सेमिफाइनल स्थान सुरक्षित गरेको हो । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);