ए डिभिजन लिग : मच्छिन्द्रद्वारा नेपाल पुलिस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग : मच्छिन्द्रद्वारा नेपाल पुलिस पराजित

machindra club

काठमाडौं, ८ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पुलिसलाई १–० गोल अन्तरले हराएको हो । मच्छिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्जितले गोल गरेका थिए । खेलको ५२ औं मिनेटमा रञ्जितले फ्रिकिकबाट गोल गरेका थिए । जितसँगै मच्छिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मच्छिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । पुलिसले ८ खेलमा ११ अंक जोडको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);