ए डिभिजन लिगः जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ए डिभिजन लिगः जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो

काठमाडौं । बलियो प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साविक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लवले मनाङ मस्र्याङ्दी क्लवलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मच्छिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा बराबरी खेल्दै एनआरटीसँग अंक बाँडेको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा खेलमा मच्छिन्द्रले शुरुवाती अग्रता निकाल्दा ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गरेका थिए । सम्मान जनक प्रदर्शन गरेको एनआरटीबिरुद्ध मच्छिन्द्रका प्रसान्त अवस्थीको कर्नरमा करिमले गोल गर्न सफल भएका थिए ।

एनआरटीका डिफेन्डरले क्लियर गरेको बलमा करिमले बक्स बाहिरबाट आकर्षक गोल गरेका थिए । तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ बराबरीमा फर्काउँदा बाँकी समयमा दुवै टोली गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । स्ेटफनले निकोलस सङले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए । यस बराबरीसँगै मच्छिन्द्रले ९ खेलबाट १३ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत शनिवार नै भएको अर्को खेलमा जावलाखेल युथबिरुद्ध मनाङ मस्र्याङ्दी निरिह बन्यो । एकतर्फी खेल देखाएको जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई गोल गर्दा फोडे फोफानाले एक गोल थपे । अनपेक्षित रुपमा नतिजा निकालेको जावलाखेलले लिगको सर्वाधिक ८ पटकको च्याम्पिन मनाङ बिरुद्ध खेलको चौथो मिनेटमा मासोबीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि निर्धारित ९० मिनेटको खेलमा मनाङ खेलमा फर्किन असफल भएको थियो ।

तर, खेलको इन्जुरी समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो । दोस्रो मिनेटमा फोफानाले टोलीका लागि दोस्रो गोल गर्दा चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाएका हुन् । यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङको १५ अंक भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);