ए डिभिजन : आर्मीलाई पराजित गर्दै मच्छिन्द्र च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ए डिभिजन : आर्मीलाई पराजित गर्दै मच्छिन्द्र च्याम्पियन

काठमाडौं, ३ फागुन । त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो । आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो ।

फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए । उनको त्यही गल्तिले आर्मी इतिहास बनाउनबाट चुक्यो ।

आजको खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भएपनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुबै टोलीले समान प्रदर्शन गरेको भएपनि गत सिजन अन्तिम २ मा रहेका कारण मच्छिन्द्रको यो सिजन एक अंक ऋण बोकेको थियो।

त्यसैको फाइदा आर्मीले उठाउन नसक्दा उपाधिबाट चुक्यो । उपाधि विजेता मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले २९ अंकमा चित्त बुझायो ।

मच्छिन्द्रले १० मा जित, २ मा बराबरी र १ खेलमा हार निकाल्दा आर्मीले ९ मा जित २ मा बराबरी र २ खेलमा हारतको नतिजा निकालेको थियो । लिगमा मनाङ मस्र्याङ्दी क्बलले २८ अंक जोड्दै तेस्रो स्थान बनायो ।

२६ अंकका साथ थ्रीस्टार चौथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जाउलाखेल युथ क्लब छैटौँ स्थानमा रह्यो । शीर्ष ६ टोलीले आगामी वैशाखमा राष्ट्रिय लिग खेल्न पाउनेछन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);