चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २५ औं खेलमा थ्री स्टार क्लवसँग गोल रहित बराबरीमा रोकिएसँगै चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन भएको हो । चर्च ब्वाईजले मच्छिन्द्रलाई पहिलो लेगमा गोल रहित बराबरी र दोस्रो खेलमा २–१ ले हराएको आधारमा ४४ औं संस्करणको शहीद स्मारक ए डिभजिन लिग च्याम्पिन भएको हो ।

पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाईज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ । यसअघि मनाङ मस्र्याङ्दी फुटबल क्लवले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसिटी) ले ६ पटक लिगको उपाधि उचालेको छ । साथै चर्च ब्वाईज मनाङ मस्र्याङ्दी पछि लगातार ए, बी र सी डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ । २०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा सी च्याम्पियन, २०७९ मा बी च्याम्पिन हुँद शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा सी च्याम्पियन हुँदै बी डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै बी च्याम्पियन र २०४३ मा ए डिभिजन लिगको च्याम्पियन भएको थियो ।

१४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाईजले २५ औं चरणसम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ । यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ए डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रुपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रुपमा उपाधि दिलाउन सफल भएका हुन् । नेपाली फुुटबलमा सफल प्रशिक्षकको रुपमा चिनिएका बालगोपाल महर्जनजले नेपालकालागि उमेर समूह र केही अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । सातौं चरणसम्म प्रदीप हुमागाईंले प्रशिक्षण गरेको टोलीलाई त्यसपछि बालगोपालले सम्हालेका थिए ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोली चर्च ब्वाईज र थ्री स्टारले स्पष्ट जितका लागि खेल पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा गोल रहित बराबरीमा रोकिन पुगेका हुन् । बराबरी पछि चर्च ब्वाईज दोस्रो स्थानको मच्छिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुवै खेल जितेपनि मच्छिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मच्छिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । यता बराबरीमा रोकिएको थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

लिग अन्र्तगत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले १–१ गोलको बराबरी खेलेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले कायम राख्न असफल भएको थियसो । ३९ औं मिनेटमा अहम्मेद हिजाजीले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । त्यसपछिको बाँकी समयमा दुवै टोलीले स्पष्ट अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र अंक बाँड्न बाध्य बन्यो । यस नतिजासँगै आर्मीको २५ खेलबाट ३१ अंक भएको छ भने पुलिसको समान खेलबाट ३८ अंक छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले बलियो एपिएपफमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । विभागीय टोली एपिएफमाथि शुरुवातबाट नै गर या मरको अवस्थामा मैदान उत्रिएको खुमलटारले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेर एक गोल खान पुगेको थियो । पहिलो हाफमा अग्रता दिलाउने क्रममा मेसुके ओलोमोउले १३ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २–० को अग्रता निकालेका थिए । दोस्रो हाफमा पनि आक्रमक खेललाई निरन्तरता दिएको खुमलटारका लागि ५५औं मिनेटमा स्टेफन विनोङले टोलीका लागि तेस्रो गोल थप्दा दोस्रो हाफमा इन्जुरी समयमा एपिएफका सनिस श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । जितसँगै खुमलटारको २५ खेलमा २७ अंक जोडेको छ । पराजित व्यहोरेको एपिएफ समान खेलबाट ३० अंक छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);