माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई

इलाम, २४ फागुन । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ ।

इलामको ठुलो टुँडिखेलमा शनिवार भएको फाईनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटकोे खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा मिडफिल्डर आन्द्रेस नियाले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए ।

त्यहि गोल जितमा लागि पर्याप्त रह्यो। उपाधिसँगै मच्छिन्द्रले आठ लाख र उपविजेता माइभ्यालिले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।

ए डिभिजन लिगको उपाधिपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);