माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबलाई

मनाङ मर्स्याङ्दी क्लब १–० गोलअन्तरले पराजित –

इलाम, १७ वैशाख । इलाममा भएको माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले हात पारेको छ । फाइलनमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्र्दै थ्रीस्टारले उपाधि हात पारेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा थ्रीस्टारका सुनिल बलले गोल गरी टिमलाई उपाधि दिलाएका हुन्।

जितसँगै थ्रीस्टारले ६ लाख ६६ हजार र उपविजेता मनाङले ४ लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);