माई भ्याली गोल्डकप : मनाङ फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

माई भ्याली गोल्डकप : मनाङ फाइनलमा

manang

इलाम, १५ बैशाख ।  मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले दोस्रो हाफको सुरुवातमै अग्रता बनाएको थियो । ५८औं मिनेटमा राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका अञ्जन विष्टले गोल गरेका थिए । हेमन गुरुङको फ्रिकिक पासलाई सदुपयोग गर्दै विष्टले हेडमार्फत गोलको खाता खोलेका थिए । विष्टको गोल नै मनाङलाई जितका लागि निर्णायक बन्यो ।

आर्मीले खेल अवधभिर गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पराजय बेहोर्न बाध्य भयो । मनाङका प्रशिक्षक फुजा तोपेले आफ्ना खेलाडीको कुशल प्रदर्शनका कारण जित हात पार्न सम्भव भएको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोलका लागि थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पराजय भोग्नु परेको बताए ।

यस सिजनमा मनाङ र आर्मीले खेलेका पाँच खेलमध्ये आर्मीले चार खेलमा बाजी मारेको थियो । मनाङले अब उपाधिका लागि शनिबार थ्रीस्टार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुने खेलको विजेतासँग उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टारले नेपाल पुलिस क्लब र एपीएफले झापा-११ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । शुक्रबारको खेलको म्यान अफ दी म्याच मनाङका अञ्जन विष्ट घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

माई भ्याली फुटबल क्लबको आयोजनामा वैशाख ६ देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);