अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

afghanistan vs ireland

एजेन्सी, २४ फागुन । आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तान ११ रनले विजयी भएको छ । भारतको नोएडामा वर्षाले प्रभावित खेलमा अफगानिस्तानले आयरल्याण्डलाई डिएल पद्दतिको आधारमा ११ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन जोडेको थियो । आयरल्याण्डका पाउल स्ट्रर्लिङले ६० रन जोड्दा केभिन ओ ब्रायनले ३५ रन बनाए । अफगानिस्तानका राशिद खानले ३ विकेट लिए ।

अफगानिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल प्रभावित गरेपछि डिएल पद्दतिमा अफगानिस्तानले १५ ओभरमा १ सय २३ रनको नयाँ लक्ष्य पाएको थियो । वर्षाले खेल रोकिनु अघि अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले अविजित ४२ तथा समिउल्लाह सिनवारी र रहमानउल्लाह गुर्बाजले समान २८–२८ रन जोडे । आयरल्याण्डका सिमि सिंहले २ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);