नेदरल्यान्ड्ससँग आयरल्याण्डलाई १ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेदरल्यान्ड्ससँग आयरल्याण्डलाई १ रनले पराजित

एजेन्सी । आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई पराजित गरेको छ ।

बुधबार भएको रोमान्चक खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका पाउल स्ट्रर्लिङले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिमि सिंहले ४५ रन बनाए ।नेदरल्यान्ड्सका पिटर सिलारले ३ तथा लोगान भान बिकले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका टिम भान डेरले ४९ रन जोड्दा लोगान भान बिकले २९ रन बनाए । शफिक जुल्फिकर र म्याक्स ओ’डोले २३÷२३ रन तथा बास डी लिडले २१ र स्टेफेनले २० रन जोडे । आयरल्याण्डका जोस लिटल र क्रेग योङले ३÷३ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);