एक दिवसिय क्रिकेटमा अफगानिस्तानद्वारा आयरल्याण्ड ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक दिवसिय क्रिकेटमा अफगानिस्तानद्वारा आयरल्याण्ड ५ विकेटले पराजित

afghanistan vs ireland

एजेन्सी , १८ फागुन । भारतको देहरादूनमा भएको एक दिवसिय क्रिकेट खेलमा अफगानिस्तानले आयरल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अफगानिस्तान र आयरल्याण्ड दुबैले पाँच म्याचको सिरिज खेलिरहेका छन् ।

जितसँगै अफगानिस्तानले १–० को अग्रता कायम गरेको छ । सो खेलमा अफगानिस्तानका गुलबदिनले बलिङ तथा ब्याटिङ् दुबैमा शानदार प्रदर्शन गरेका थिए । टस जितेर ब्याटिङका लागि मैदानमा उत्रेको आयरल्याण्ड ४९.२ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १६१ रनमा समेटिएको थियो ।

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा दौलत जदरानले ३५ रन खर्चदै तीन विकेट लिएका थिए भने १४ रन दिएर मुजीब उर रहमानले पनि टिमका लागि ३ विकेट लिए । त्यस्तै गुलबदिनले २० रन दिदैं २ विकेट झारेका थिए ।

आयरल्याण्डका लागि पल स्ट्रलिङले सर्वा्धिक ८९ रन बनाए भने जर्ज डाकरेलले ३७ र केविन ओ ब्रायनले १० रन जोडेका थिए । त्यसपछि जवाफी व्याटिङ गरेको अफगानिस्तानले मोहम्मद शहजादको ४३, गुलबदिनको ४६ रनको सहयोगमा पाँच विकेट गुमाउँदै ४१.५ ओभरमै जित हासिल गर्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);